प्रधानन्यायाधीश सर्वोच्च जाँदै 

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताएका  छन्  । महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उनले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने बताए  ।   “यो विधि र प्रक्रियाअनुसार भएको विषय हो, म आजै अदालत जान्छु ।” प्रधानन्यायाधीश जबरामाथिकोमहाअभियोगको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।  सङ्घीय संसद् सचिवालयले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र आजै सर्वोच्च अदालतमा पठाएको छ । सर्वोच्च अदालतले पनि उक्त पत्र कार्यान्वयन गर्ने जनाएको छ ।  रासस  

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार