एमाले केन्द्रीय कार्यालय बैठक बस्दै 

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ ।  नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न  थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए  ।  उनका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ । उनले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाइने बताए  ।  एमाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजयी भएको छ भने समानुपातिकतर्फ पहिलो दल बनेको छ ।     

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार