सिके राउतले भेटे राष्ट्रपति  विद्यादेवी  भण्डारीलाई

मंगलबार, मंसिर २०, २०७९

  काठमाडौँ  । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।  आज उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन्।  सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार