पोल्यान्डमाथि फ्रान्सकाे सहज जित

आइतबार, मंसिर १८, २०७९
Global Ime Bank

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तिम १६ को खेलमा आइतबार साबिक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध जित निकालेको छ । फ्रान्सले पोल्यान्डमाथि ३ १को जित निकालेको हो ।  
कतारको अल थुमामाअ रंगशालामा सम्पन्न खेलमा अधिकांश समय बलमा पकड बनाएको फ्रान्सका लागि ओलिभर जिरूडले ४४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । किलियन एमबाप्पेले बनाएको मौकालाई सदुपयोग गर्दै जिरूडले फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
यो गोलसँगै जिरूडले फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । जिरूडको यो ५२औँ अन्तर्राष्ट्रिय गोल हो । यसअघि थिएरी हेनरीले ५१ गोल गर्दै फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरेका थिए । 
विश्वकपमा फ्रान्स समूह 'डी' को विजेताको रूपमा र पोल्यान्ड समूह 'सी' को उपविजेताको रूपमा अन्तिम(१६ मा प्रवेश गरेका हुन् । पोल्यान्डले पेनाल्टीमार्फत सान्त्वना गोल गर्न सफल भएको छ । फ्रान्सेली खेलाडीले बल रोक्न खोज्दा ह्यान्ड भएपछि पोल्यान्डलाई पेनाल्टीको अवसर प्राप्त भएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  २२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार