बलियो विरासत बोकेको फ्रान्सलाई पोल्यान्डको चुनौती   

आइतबार, मंसिर १८, २०७९
Global Ime Bank

 काठमाडौँ । साविक च्याम्पियन फ्रान्सले आईतबार विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको प्रतिस्पर्धामा अर्को युरोपियन जायन्ट पोल्यान्डको सामना गर्दै छ। साविक च्याम्पियन फ्रान्स आफ्नो बलियो विरासत कायम राख्न मैदान उत्रिंदा तुलनात्मक रुपमा कमजोर मानिएको पोल्यान्ड भने फ्रान्सलाई पराजित गर्दै क्वाटरफाइनल पुग्न चाहन्छ।  दुई युरोपियन दाबेदारबिचको खेल अल थुमामा स्टेडियममा राति ८ : ४५  मा प्रितस्पर्धा हुने छ। प्रतियोगितामा समूह डि को विजेताका रुपमा नकआउटमा स्थान बनाउँदा पोल्याण्ड भने समूह   को उपविजेताका रुपमा नकआउटमा स्थान बनाएको थियो ।विश्वकपमा फ्रान्सले अन्तिम १६ मा १९८६ देखि नहारेकाले यो पटक पनि फ्रान्स नकआउटको आफ्नो बलियो विगतलाई कायम राख्ने प्रयासमा हुनेछ। तर ३६ वर्षपछि नकआउट पुगेको पोल्यान्ड भने फ्रान्सलाई  सरप्राइजु हार चखाउँदै क्वाटरफाइनलको लक्ष्यमा हुने छ।  अहिले सम्म फ्रान्स र पोल्याण्डबीच १६ खेलमा प्रतिस्पर्धा हुँदा ८ खेल फ्रान्सले वाजि मारेको छ भने ३ खेल पोल्यान्डले जितेकव छ। ५ खेल बराबरीमा सकिएको छ।   

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार