विश्वकप फुटबलमा अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटरफाइनल प्रवेश

आइतबार, मंसिर १८, २०७९
Global Ime Bank

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले अष्ट्रेलियालाई तथा नेदरल्यान्ड्सले अमेरिकालाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेका हुन् । 

कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन ।
प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । यसअघि आजै भएको अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै  क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम १६ अन्तर्गत आज राति ८ः४५ बजे जापान र क्रोएसिया र आज राति १२ः४५ बजे ब्राजिल र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् ।

नेदरल्यान्ड्स क्वाटरफाइनलमा
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत शनिबारदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

Denzel-Dumfries-Netherlands-1024x602-1-760x5001670109200.jpg
कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा आज भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । 
नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले समान एकरएक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । 
खेलको १०औँ मिनेटमा नेदरल्यान्डसका लागि डेन्जेल डम्फ्रिजको पासमा मेम्फिस डिपेले गोल गरे र खेलमा अग्रता दिलाए । पहिलो हाफको अत्तिरिक्त समयमा नेदरल्यान्ड्सका डम्फ्रिजको पासमा डेली ब्लाइन्डले गोल गरेपछि नेदरल्याण्ड्सले खेलमा २(० को अग्रता लियो । 
खेलको ७६औं मिनेटमा अमेरिकाका लागि हाजी राइट्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि खेलको ८१औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सको जीत सुनिश्चित गरे । 
जीतसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार