घानालाई २–० को गोल अन्तरले जितेर पनि विश्वकपबाट बाहिरियो उरुग्वे

शनिबार, मंसिर १७, २०७९
Global Ime Bank

काठमाडौं । जर्जियन डी आहास्कायताको गोलमा उरुग्वेले शुक्रबार राति घानालाई २–० ले हराए पनि कतार विश्वकपको दोस्रो चरणमा स्थान बनाउन असफल भयो । 
समूह ‘एच’मा दक्षिण कोरिया र उरुग्वेको समान ४ अंक भए पनि धेरै गोल गरेको आधरमा यस समूहबाट दक्षिण कोरियाले अन्तिम–१६ मा स्थान पक्का गरेको हो । समूह ‘एच’बाट पोर्चुगलले यसअघि नै अन्तिम–१६ मा स्थान बनाइसकेको थियो । दक्षिण कोरियासँग २–१ ले पराजित भए पनि पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । 

lcimg-87f653f9-6cd4-4bef-ac28-0bf5651964301670001939.jpeg
उपविजेताको लडाइमा दक्षिण कोरियाले बाजी मारेको छ । दक्षिण कोरिया र उरुग्वेको समान ४ अंक छ । गोल अन्तर पनि दुवैको समान छ । त्यसकारण दक्षिण कोरियाले धेरै गोल गरेको आधरमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । दक्षिण कोरियाले विपक्षी पोस्टमा ४ गोल गरेको छ भने उरुग्वेले २ गोल मात्र गरेको छ । 
दक्षिण कोरियाले घाना र पोर्चुगलविरुद्ध समान दुई गोल गरेको हो । समूहको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको दक्षिण कोरियाले दोस्रो खेलमा घानासँग ३–२ ले पराजित भएको थियो । दक्षिण कोरियाले आज पोर्चुगललाई २–१ ले हराएको हो । दक्षिण कोरिया २००२ मा आफैले आयोजना गरेको संस्करणमा चौथो स्थान हासिल गर्न सफल भएको थियो । 
२०१८ मा भने दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो । दक्षिण कोरिया २०१० भने अन्तिम–१६ मा स्थान बाउन सफल भएको थियो । दक्षिण कोरिया अन्तिम–१६ मा स्थान बनाउन सफल भएको यो तेस्रोपटक हो । 
उरुग्वे रुसमा सम्पन्न २०१८ को विश्वकपमा क्वार्टरफाइनलसम्म स्थान बनाउन सफल भएको थियो । उरुग्वे एसिया मै सम्म्पन्न पहिलो विश्वकप (२००२) मा पनि समूह चरणबाटै बाहिरिएको थियो । दुईपटकको उपाधि विजेता उरुग्वे १९६२ र १९७४ पनि समूह चरणबाटै बाहिरिएको थियो ।

Fi_PF5VXkAgFK9i1670001937.jpeg
उरुग्वले डी आहास्कायताको गोलबाट २६औँ मिनेटमा अग्रता लिएको थियो । डी आहास्कायताले ३२औँ मिनेटमा अग्रता दोब्बर बनाए । घानाका आन्द्रे आयुले २१औँ मिनेटमा पेनाल्टीमा गोल गर्ने अवसर गुमाए । त्यही नै खेलको ‘टर्निङ पोइन्ट’ बन्यो । घानाले जितेको भए घानाले अन्तिम–१६ मा स्थान बनाउने थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार