थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुख  राजु पाण्डे सहित १७ जना घाइते  

सोमबार, मंसिर १२, २०७९

 काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका  महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् ।  सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेका थिए  । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका हुन् ।  नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रहरी माथि ढुंगा प्रहार हुँदा घाइते भएका हुन् । घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइते भएका नगर प्रहरीको अवस्था सामान्य रहेको छ ।   202211281801-883e69f6-2d94-4c97-9fdc-91b99431fcf3_medium1669639502.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार