बेल्जियममाथि  २-० को गोल अन्तरले मोरक्को जित 

आइतबार, मंसिर ११, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र बेल्जियमबीचको खेलमा मोरक्को विजयी भएको छ । 
खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हातमा मोरक्कोले दुई गोल गरेको थियो । यसअघि समूह चरणमा बेल्जियमले क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेल खेलेको थियो । 
यसअघि आजै भएको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरले ८१औँ मिनेटमा निर्णायक गोल गरे ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार