निगमको न्यारोबडी जहाज ग्राउन्डेड

आइतबार, मंसिर ११, २०७९

काठमाडौँ,   ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम  नेपाल एयरलाइन्स को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ ।  निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताए  । उनले भने , “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।” निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० जहाज छन् । निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको   छ  । 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार