विश्व कपमा अस्ट्रेलियासँग ट्युनिसिया पराजित

शनिबार, मंसिर १०, २०७९

काठमाडौं । विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।

कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३ औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो ।

यससँगै  समूह 'डी' मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।

समूह 'डी' कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह 'सी' को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन् ।

आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दैछन् । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार