सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एकरएक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् । समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुई–दुई वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अङ्क बनाएको छ । त्यस्तै इरानले इंग्ल्याण्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अङ्क बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अङ्क बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अङ्क मात्र बनाएको छ । अब यही मङ्सिर १४ गते बुधबार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२ः४५ मा हुनेछ ।
नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे । खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्यान्ड्सले दुई खेलमा ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको इक्वेडर ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यस समूहमा सेनेगल ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट आयोजक कतार भने लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ ।