ललितपुर–१ मा चार हजार छ सय १४ मतान्तरले उदयशम्शेर विजयी

७४ सालको हारको बदला लिन उदय सफल
बुधबार, मंसिर ७, २०७९

पाटन । ललितपुर–१ बाट प्रतिनिधिसभामा  नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 
राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गरेका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गरे । 

udaya1669154920.jpg
यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए । २०७४ मा यो क्षेत्रबाट सिलवालले २६ हजार नौ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार दुई सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार छ सय ४१ मत प्राप्त गरे । 
कुल ७४ हजार तीन सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार सात सय ७३ मत खसेको थियो । खसेको मतमध्ये एक हजार आठ सय दुई मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ ।

(प्रदेशसभा (२) मा कांग्रेसका मीनकृष्ण विजयी

ललितपर–१ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा एमालेका चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । 

min krishna1669131724.jpg
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत प्रप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गरेका छन् । 
राप्रपाका उम्मेदवार विश्वराज न्यौपानेले एक हजार छ सय नौ, नेमकिपाका मन्पी महर्जनले दुई सय चार, मङ्गोल नेशनल अर्गनाइजेशनका तिलकबहादुर जिम्माले एक सय ४२, हाम्रो नेपाली पार्टीका अशोककुमार केसीले तीन सय ७६, स्वतन्त्र उम्मेदवार तिलकबहादुर भोलनले चार, देवेन्द्र श्रेष्ठले ११, नवराज कुँवरले ३३, पिताम्बर सञ्जेलले २५, रमेशकुमार सञ्जेलले १०, राजेन्द्र महर्जनले सात, बद्रीबहादुर बस्नेतले आठ, श्रीलाल भोम्जनले एक सय पाँच र सरोजकुमार विष्टले आठ मत प्राप्त गरे ।  सैतीस हजार छ सय १४ मतदाता रहेको यो क्षेत्रमा २५ हजार सात सय ३१ मत खसेको थियो । यस क्षेत्रमा छ सय ७७ मत बदर भएको थियो भने २५ हजार ८५ मत सदर भएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
महर्जन र सञ्जेल विसं २०७४ को प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए । २०७४ मा सञ्जेलले १२ हजार आठ सय ६६ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार सात सय ४२ मत प्राप्त गरी उपविजेता भएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार