घोचपेचमै सकियो एक घण्टा

प्रधानमन्त्री र प्रचण्ड भेटवार्ता 
बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं । आफुले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार बालुवाटारमा भेटेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तपाइको राजीनामा कस्ले माग्यो भनेर प्रश्न गरेका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी भित्र आरोप प्रत्यारोप चलिरहेका बेला बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । बिहीबारको भेटमा दुइ नेताविच कुनै ठोस सहमति हुन सकेन ।
भेटमा प्रचण्डले प्रधानमन्त्रीको बुधबार बोलेको सार्वजनिक अभिव्यक्तिबारे जिज्ञाशा राखेका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए । प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने माग प्रचण्डले राखेका थिए । सचिवालय बैठक बोलाएर तत्काल देखिएका समस्या समाधान गर्न प्रचण्डले जोड दिएपनि ओली लीले आजको भेटमा कुनै ब्याङ्गात्मक शैलिमा तपाईंहरुले छलफल छ नि भनेर जवाफ फर्काएका थिए ।
नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठन, कणर्ाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको भेटवार्ता, राजदूत नियुक्तिलगायत विषयमा चर्को विवाद छ । विवाद चर्किदै जाँदा दुई अध्यक्षबीच बालुवाटारमा आज छलफल भएको हो । 
यसअघि ओली र प्रचण्डबीच शनिबार बालुवाटारमा ११ दिनपछि भेटवार्ता भएको थियो । शनिबारको जस्तै बिहीबारको भेटवार्ता औपचारिकतामा टुंगिएको स्रोतको दाबी छ ।
पेरिसडाँडामा कानुन व्यवसायीसँग छलफल 
नेकपा नेतृत्व विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि वार्ता समाधान उन्मुख देखिएका छैनन् । 
बिहीबार बिहानैदेखि शीर्ष नेतृत्व छलफलमा सक्रिय छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध षड्यन्त्र भइरहेको र आफूले त्यसलाई प्रतिवाद गर्ने बताएका छन् । 
‘पार्टीमा विभिन्न खेल भइराखेको छ । म त्यसको प्रतिवाद गर्छु’, बैठकमा प्रधानमन्त्रीले भनेको कुरा जानकारी दिँदै एक मन्त्रीले भने, ‘उहाँले म छोड्दिन भन्ने कुरा गर्नु भएको छ ।’ 
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै गर्दा यता पेरिसडाँडामा भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले कानुन व्यवयीसँग छलफल गरेका छन् । 
प्रचण्ड र नेपालले आफू निकट कानुन व्यवसायीसँग प्रधानमन्त्रीले चाल्ने सम्भावित कदमको विषयमा परामर्श गरेका हुन् । 
पेरिसडाँडामा नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यको विषयमा समेत छलफल भएको छ । न्याय परिषद्समेत प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड समूहले छुट्टाछुट्टै नाम प्रस्ताव गरेका छन् । 
प्रधानमन्त्री ओलीले महेश नेपालको नाम सिफारिस गरेका छन् भने प्रचण्ड र नेपाल समूहले रामप्रसाद श्रेष्ठको नाम अघि सारेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार