Dashain Banner
Dashain Banner

मतदाता भन्छन्–‘नमस्कार र आश्वासनले तिर्खा मेटिदैन’

बुधबार, कात्तिक २३, २०७९

ढोरपाटन । बागलुङको निसीखोला–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३०औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भएँ । तर, उनले घरमा खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनुपर्छ ।  
गाउँका सयौँ जनता सहज र स्वच्छ खानेपानी उपभोग गर्नबाट बञ्चित छन् । मङ्सिर ४ को निर्वाचनका लागि अहिले पनि नेता घर–घरमा पुगेर पुरानै आश्वासन दोहो¥याइरहेका छन् । विकसहित गाउँलेले यसपाली पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् ।  “गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।   विक भन्छन्  ”,  विक भन्छन  “ अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, हामीहरु एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ ।”  

निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका दुई सय २० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले सहज र स्वच्छ खानेपानीबाट बञ्चित छन् । वर्षातको समयमा घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढमहिना पु¥याउनुपर्ने बाध्यता आफूहरुलाई रहेको स्थानीयवासी छलिबिरा विकले बताए  । उनले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिने बताए  । “चुनाव आयो की नेता पानी बाँड्न आउँछन्, उनीहरुले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो”, उनले भने , “बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुञ्जेल पानी बोक्नुपर्छ ।”  उनले घण्टौँ हिडेर पानी बोकेर ल्याउनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन नसक्दा छोराछोरीको पढाइसमेत विग्रिने गरेको गुनासो गरे  । खानेपानीको धारा र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरुले भ्रम छर्ने मात्रै गरेको उनी  बताउछन्  । 

“भोट माग्न आउँदा एक घर एक धारा बनाउँछौँ, चुनाव जितेर गए पछि कहिलै समस्या राख्न पाइँदैन, एक पटक पनि फर्किएर गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्,” उहाँले भन्नुभयो,“नमस्कार र आश्वासनले हाम्रो तिर्खा मेटिदैन ।” 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार