प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने

शुक्रबार, कात्तिक १८, २०७९
Global Ime Bank

काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने पाँचाैँ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले RS_KTM_008A3566110320221667517763.jpgजानकारी दिए । उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताए । प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ । 

 

दौड, साइक्लिङ र ¥याफटिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले रु दुई लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु एक लाख ६० हजार पाउनेछ ।त्यसैगरी प्रतियोगितामा तेस्रोले रु एक लाख, चौथोले रु २० हजार र पाँचौँ हुने टोलीले रु १० हजार पाउनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार