घडीअर्वा पोखरी नजिकै युवक मृत भेटिए 

आइतबार, कात्तिक १३, २०७९
मयुर प्लाई

 वीरगञ्ज । वीरगञ्जको घडीअर्वा पोखरी नजिकै एक युवक मृत भेटिएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले  बताए ।  प्रहरी नायब उपरीक्षक  गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा बिहान सवेरै  उनी मृत अवस्थामा भेटिएका हुन् ।  

‘नालामा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा शव भेटिएको छ। घटनास्थल जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएका छौं ।’ गिरीले भने ‘ मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ ।’  नालामा पुरुष व्यक्ति मृत भेटिएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट अनुसन्धान अधिकृतसहितको टोली खटाइएको छ । मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको  गिरीले बताए ।    

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार