नवलपरासीको बुलिङटारमा मनकामनाका दर्शनार्थी चढेकाे बस दुर्घटना, पाँचजनाको घटनास्थलमै मृत्यु

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं । नवलपरासीको बुलिङटारमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखा आउँदै गरेको ना६ख ७५८० नम्बरको बस दुर्घटनामा बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले जानकारी दिए ।  उनका अनुसार उद्धार गरिएका २९ जना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । 
मनकामना दर्शनको लागि पाल्पाबाट आउँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।
पाल्पाको रम्भा गाउँपालिका(१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर) को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा रम्भा गाउँपालिका(१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका(९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार