सोसल मिडिया
Contact Us
युनिकोड
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ रहेको बढैयाताल संरक्षण र सरसफाइको अभावले जलकुम्भी र लेउका कारण कुरुप बन्दै गएको छ ।
एक सय ८० बिघामा फैलिएको ताल स्थानीय सरकारले तालको सरसफाइ र संरक्षण गर्न नसक्दा कुरुप बन्दै गएको स्थानीय रामलाल थारुले बताए । सदरमुकाम गुलरियाबाट झण्डै १६ किलोमिटरको पूर्व दिशातिर रहेको तालमा ३५ प्रकारका विभिन्न जातका माछा, ८० प्रकारका विभिन्न जातका चराचुरुङ्गी जसमध्ये छ प्रकारका विदेशी चरासमेत पाइने समाजसेवी सोमशरण यादवको भनाइ छ । विसं २०२० सम्म तीन सय बिघा क्षेत्रफलमा फैलिएको तालको क्षेत्रफल सरसफाइ र संरक्षणकै अभावका कारण खुम्चिँदै गएको स्थानीय सनै थारुले बताए । स्थानीयवासी सञ्जय चौधरीका अनुसार ताल नजिक बाढी आउने गरेकाले थारु भाषामा ‘वाढ आइना’ भन्ने गरिएको र कालान्तारमा तालको नाम बढैयाताल रहन गएको हो ।
“तालमा सञ्चालनका लागि चार वटा डुङ्गा राखिएको छ तर पानीमाथि झार भरिएकाले चलाउन सकिएको छैन”, उनले भने, “पर्यटकीय सम्भावना बोकेको ठाउँलाई सरसफाइ र संरक्षण नहुँदा लाभ लिन सकिएको छैन ।”
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठीले अब छिट्टै तालको सरसफाइ गर्ने, तालको वरपरको सडक कालोपत्रे गर्ने, तीन फिट अग्लो पर्खाल निर्माण गर्ने योजना रहेको बताए ।
उनले तालको सरसफाइसँगै चराको वासस्थान, वनभोजस्थल निर्माणदेखि बस्ने कुर्सी र बिजुलीको व्यवस्था गर्ने गाउँपालिकाले योजना बनाएको जानकारी दिए । छठमा बागेश्वरी मन्दिरको तलाउ सजाइयो नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरुको संख्या बढ्दै गएको छ ।
छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए ।
व्रतालुहरुले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिनेछन् ।
सिंहका अनुसार हाल तलाउ छेउमा टेण्ट, बिजुली बत्तीको सजावट, बाजागाजा, सांस्कृतिक भजन मञ्चको व्यवस्थापन र सरसफाइको काम बिहानैदेखि सुरु भइसकेको छ ।
बागेश्वरी मन्दिर पार्कमा भजनसहितको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । भारतको कलकत्ताबाट आएका गायिका दीपिका ओझा र गायक विशाल ओझासहित नौ जनाको समूहले राति छठीमाताको भजन गीतसङ्गीतको कार्यक्रम गर्ने संयोजक सिंहले बताउनुभयो । सांस्कृतिक कार्यक्रम आइतबार साँझदेखि सोमबार बिहानसम्म हुनेछ । पहिले पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको साहित्यकार तथा पूर्वप्राज्ञ सनत रेग्मी बताउँछन् । नेपालगञ्जको रानीतलाउका साथै अन्य तालमा पनि छठको रौनक बढेको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवम् अरवा अरवाइन खाने चलन छ भने दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने चलन छ । साथै, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।