शताब्दी पुरुष जोशीको नाममा ५१ हजार राशिको पुरस्कार कोष स्थापना 

प्रधानमन्त्री देउवाले भने, ‘सत्यमोहन सरल जीवनका पर्याय थिए’  
शनिबार, कात्तिक १२, २०७९

पाटन । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताएका छन् । 
ललितपुरको मङ्गलबजारमा नेपाल भाषा मंका खल यलद्वारा आयोजित कार्यक्रममा शोक मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भने, “शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ ।” 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताए । “उहाँको बहुगुण सम्पन्न व्यक्तित्व, विज्ञता र देशको साहित्य र संस्कृति उजागर गर्न पु¥याउनुभएको योगदान अतुलनीय र अविस्मरणीय छ” मन्त्री श्रेष्ठले भने, “देशको अभिभावक तथा जीवित इतिहास गुमाएको महसुस भएको छ ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको निधनले एसियाकै महत्वपूर्ण व्यक्ति गुमाउनुपरेको औँल्याए । 

chiri1667004862.jpg
“उहाँले ज्यादै नै अर्थपूर्ण जीवन बाँच्नुभयो । उहाँ ९८ वर्ष हुँदा हामीले ललितपुर महानगरपालिकाबाट निणर्य गराएर सवारी साधन, सुरक्षा र मोबाइल फोनको सुविधा उपलब्ध गराएका थियौँ । नगरप्रमुख महर्जनले भने, “उहाँ जीवितै छँदा सेवा गर्ने अवसर पाएकोमा हर्ष विभोर भएको छु ।”
सत्यमोहन जोशीका माहिला छोरा अनुराज जोशीले आफ्नो बुवा शताब्दी पुरुषको सम्मानमा तीन किसिमका मुद्रा र हुलाक टिकट प्रकाशन गरेर राज्यले विशिष्ट सम्मान गरेको बताए । 
“नागरिकको नाममा जीवितै छँदा मुद्रा र हुलाक टिकट निस्कनु, मृत्युु भएपछि सम्मानमा सार्वजनिक बिदा घोषणा गर्नु ठूलो कुरा हो । हामी राज्य प्रति कृतज्ञता ज्ञापन गर्छौँ”, जोशीले भने ।

sher1667004862.jpg
नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जनले सत्यमोहन जोशीको राष्ट्रिय व्यक्तित्वलाई अजरअमर बनाइ राख्ने उद्देश्यले सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार स्थापना गरिएको जानकारी गराए । 
भाषा साहित्यको विकासमा सहयोग पु¥याउनका लागि हाल रु ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरिएको महर्जनले बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार