सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीका लगाएर फर्कने क्रममा एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए । वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत हुन् ।
मकवानपुरका पुराना पत्रकार काैशल पाण्डेको निधन नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ । उनको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको केही सातादेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । मकवानपुरे पत्रकारिताका संस्थापकमध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुुगेको नेपाल पत्रकार महासङ्घ मकवानपुर र पत्रकारिता क्षेत्रसँग सम्बन्धित संस्था तथा सङ्गठनले शोक वक्तव्य जारी गरेका छन् । पाण्डेले लामो समय शिक्षण पेशामा पनि योगदान दिएका थिए । उनी क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरको संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाको नेतृत्वमा रहेका थिए । उनकै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ । पाण्डेको आज राप्ती तटमा दाहसंस्कार गरिँदैछ ।