अनिश्चितकालसम्मका लागि कफ्र्यू लगाइए पछि महोत्तरीको भङ्गाहा शान्त बन्यो

शुक्रबार, कात्तिक ११, २०७९
मयुर प्लाई

जलेश्वर । महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच बिहीबार दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कफ्र्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म आज अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू लगाइएको जनाइएको छ । 
सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, ¥याली, सभा गर्न नपाउने तथा  थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार