तनहुँका दुई वडालाई जोड्यो झोलुङ्गेपुलले

बुधबार, कात्तिक ९, २०७९

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० र ५ को बीचमा मादी नदी बग्छ । एउटै नगरपालिकाभित्र पर्ने दुई वडाको सिमा जोडिए पनि स्थानीयबासीको भेटघाट भनेसहज थिएन । कारण थियो, बीचमा बग्ने मादी नदीमा पुलको अभाव । 
तर अहिले यी दुबै वडाको जोड्ने गरी परेवाडाँडा र चिन्तुटारमा झोलुङ्गे पुल निर्माण भएपछि भने आवतजावत सहज भएको छ । पुल नहुँदा एक घण्टाको पैदल पूरा गर्नुपर्ने बाध्यता झोलुङ्गे पुल निर्माणसँगै हटेको छ । 
‘पुल बनेपछि मेलापात, बिवाहवारी र आफन्त भेटघाटलगायतका काममा सहज भएको छ” वडा नम्बर १० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले भने । 
दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत निर्माण एको हो । रु दुई करोड ६४ लाखको लागतमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इञ्चार्ज इन्जिनियर शेखर रायमाझीले जानकारी दिए । 
झोलुङ्गे पुल निर्माणपछि दुई वडाका करिब १० हजार बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय होटल व्यवसायी बिबेक सापकोटाको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार