Dashain Banner
Dashain Banner

खर्च कम गर्न र खानपानमा ध्यान दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । विसं २०७९ को तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै उनले यी पर्वले सबैमा सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
नेपालका विभिन्न क्षेत्र तथा समुदायमा पौराणिककालदेखि मनाउँदै आइएका चाडपर्वको आ–आफ्नै मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उनले एक समुदायमा रहेको धार्मिक, परम्परागत, सांस्कृतिक तथा ऐतिहासिक विविधताको अर्को समुदायले सम्मान गर्नुपर्ने बताए । 
‘संविधानले नेपाल धर्म निरपेक्ष राष्ट्रका रुपमा उल्लेख गरेको छ, जसबाट नेपाली समुदायमा पहिचानसहित सबै किसिमका धर्म संस्कृतिको संरक्षण गर्ने अवसर प्राप्त भई राष्ट्रिय एकता मजबुद बनाउनसमेत भूमिका खेलेको छ’, शुभकामना सन्देशमा उनले भनेका छन् ।
मौलिक चाडपर्व मनाउने प्रक्रिया आजभोलि अरूको देखासिकी गर्नेतर्फ अघि बढेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले आ–आफ्नो आर्थिक अवस्थाअनुसार खर्च मितव्ययिता कायम गर्न र खानपानमा ध्यान दिनसमेत आग्रह आग्रह गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार