लोकतन्त्रको रक्षा र सुशासनका लागि गठबन्धन : डा बाबुराम  भट्टराई 

सोमबार, कात्तिक ७, २०७९

काठमाडौँ ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताले  लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारेका  छन्  । डा भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै एउटा आधार र राजनीतिक लक्ष्यसहित गठबन्धन तयार भएकाले कुनै दुविधा राख्न नहुने बताए । सुशासन र समृद्धिसहित अगाडि बढ्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनपछि स्थापना भएका संस्थालाई बलियो बनाउँदै भ्रष्टाचारको अन्त्य गर्ने लक्ष्य राखिएको स्पष्ट पारे  ।विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा साझा सहमति रहेको जानकारी दिँदै उनले आर्थिक, सामाजिक र राजनीतिक विषयमा साझा मत समेत बनाइएको बताए  । आफूहरु सहभागी रहेको गठबन्धन अग्रगामी र जनपक्षीय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले अर्को गठबन्धनको कुनै धरातल नरहेको स्पष्ट पारे  । विगतका तितामिठा कुरालाई बिर्सेर गठबन्धनको साझा मुद्दालाई लिएर अगाडि बढ्न सबैको ध्यानकर्षण उनले गराए  । कुनै पनि विषयमा असहमति रहेपनि त्यसलाई थाती राखेर गठबन्धनका साझा उम्मेदवार र चिन्हलाई आफ्नै ठानेर मतदान गर्न पूर्वप्रधानमन्त्री डा भट्टराईले आग्रह गरे  ।  रासस    

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार