आगलागीमा करिब ७५ लाखको धनजनको क्षति

सोमबार, कात्तिक ७, २०७९

मकवानपुर ।  मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण कम्प्युटर टेलिभिजनलगायत जलेर नष्ट हुँदा रु ७५ लाख बराबरको धनजनको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए  । उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रण गरेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार