धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

सोमबार, कात्तिक ७, २०७९

कैलाली ।  कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ । कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ बर्षिया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए  । उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार