राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

सोमबार, कात्तिक ७, २०७९

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ठेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् । सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका र प्रसाद ग्रहण गरीन्  । राष्ट्रपतिलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए  ।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार