भलिबल प्रतियोगितामा खानीखोला विजयी

आइतबार, कात्तिक ६, २०७९
Global Ime Bank

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधी खानीखोला गाउँपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा खानीखोलाले महाभारत गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पनौती नगरपालिका–२ धाराचौर खेल मैदानमा सम्पन्न फाइनलमा खानीखोलाले महाभारतलाई २६–२४, २५–१ र २५–१९ अङ्कले हराएको हो । उक्त खेलमा खानीखोलाका मनराज आलेमगर ‘म्यान अफ दी म्याच’ घोषित भए । यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा खानीखोला र महाभारत गाउँपालिका आ–आफ्नो खेलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेका थिए ।  सेमिफाइनलमा खानीखोलाले पनौती नगरपालिका र महाभारतले बेथानचोक गाउँपालिकालाई पराजित गरेको थियो । 

PL-Banepa-Trufyc1666483031.jpg
पनौती नगरपालिका–२ द्वारा आयोजित प्रतियोगिताको समापन समारोहमा नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा, वडाध्यक्ष एवं प्रयोगियोगिता संयोजक पुरुषोत्तम अधिकारीलगायतले प्रथम, द्वितीय तथा तृतीय टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रथम हुने टोलीलाई रु ५५ हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो, चौथोलगायत विभिन्न विधाका उत्कृष्टलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो ।  

नवौँ राष्ट्रिय खेलकुदकमा पदक विजेता खेलाडी सम्मानित

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कास्की जिल्ला टेनिस सङ्घले आज नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसमा गण्डकी प्रदेशले इतिहास रच्दै तीन स्वर्ण पदक जितेको खुसीयालीमा खेलाडीलाई सम्मान गरिएको हो । सङ्घले प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने खेलाडी प्र्रदीप खड्कालाई नगद रु २० हजार, टोलीमा दुई स्वर्ण र एक रजत प्राप्त गरेका खेलाडी अनिल साईलाई रु १२ हजारसहित सम्मान गरेको छ ।
यसैगरी टोलीमा एक स्वर्ण र एक रजत हासिल गरेका खेलाडी आशिष खड्का र सौगात विकलाई जनही रु सात–सात हजार तथा एक रजत पदक हासिल गरेका विवेक मगरलाई रु पाँच हजार प्रदान गरिएको छ । यस्तै एक कास्य जितेकी प्रीति बराललाई रु दुई हजार र प्रशिक्षक नीरज थापालाई रु पाँच हजार नगदसहित सम्मान गरिएको कास्की जिल्ला टेनिस सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिए ।
यसैगरी कास्कीकै अग्रज टेनिस खेलाडीले पनि पदक हासिल गरेका खेलाडीलाई सम्मान गरे । अग्रज खेलाडी समीर शेरचनले प्रदीप खड्कालाई नगद रु २५ हजार र अन्य चार पुरुष खेलाडी अनिल साई, आशिष खड्का, सौगात विक र विवेक मगरलाई जनही रु पाँच–पाँच हजार नगदसहित सम्मान गरे ।
अग्रज टेनिस खेलाडी अनुज बाँस्तोलाले आफ्ना छोरा अभिषेक बाँस्तोलाको नाममा विजेता खेलाडी प्रदीपलाई रु ३० हजार, अनिल साईलाई रु १५ हजार तथा आशिष खड्का, सौगात विक, विवेक मगर र प्रीति बराललाई जनही रु पाँच हजारले सम्मान गरे ।
यसैगरी अग्रज टेनिस खेलाडी राजेन्द्रप्रसाद घिमिरेले नेपालका नं १ टेनिस खेलाडी खड्कालाई नगद रु १० हजारसहित सम्मान गरे 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार