मञ्जुश्री साहित्य समाजको अध्यक्षमा डा थापा

आइतबार, कात्तिक ६, २०७९

मञ्जुश्री साहित्य समाजको अध्यक्षमा डा बमबहादुर थापा ‘जिताली’ चयन भएका छन् । 
उक्त समाजको चौथो अधिवेशनबाट डा थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति दुई वर्षका लागि सर्वसम्मत चयन गरिएको हो । यस्तै समाजको उपाध्यक्षमा ध्रुवराज पौडेल, सचिवमा वीरबहादुर लोहनी र कोषाध्यक्षमा नीरप्रसाद तिमल्सेना चयन भएका छन् । सदस्यहरुमा टेकबहादुर लौडारी, इन्दिरा शाह, सर्वराज पौडेल, प्रभा बराल, पम्फा भट्टराई, रामरञ्जन पौडेल र हरिप्रसाद घिमिरे चयन भएका छन् । विसं २०७२ चैत २७ गते स्थापना भएको उक्त समाजले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

 ‘छाइल’ का उपन्यासकार भट्टलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार 

‘छाइल’ उपन्यासका लेखक लोकराज भट्टलाई यस वर्षको कविडाँडा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । चितवनको कविडाँडा साहित्य समाजले सो पुरस्कार डोटीका उपन्यासकार भट्टलाई प्रदान गरेको हो । 
समाजका कार्यवाहक अध्यक्ष उदय अधिकारीले नगद २५ हजार एक सय ६० रुपैयाँ राशिको पुरस्कार भट्टलाई प्रदान गरिएको जानकारी दिए । यो पुरस्कारबाट अहिलेसम्म चार जना आख्यानकार सम्मानित भइसकेका छन् । 

डोटीका उपन्यासकार भट्टलाई चितवनको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार वितरण  « Narayanionline.com
आगामी वर्षदेखि यो पुरस्कारको राशि एक लाख २५ हजार बनाइने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । आख्यानको क्षेत्रमा यो पुरस्कार नेपालकै सबैभन्दा धेरै धनराशिको हुने उहाँको भनाइ छ । आख्यान क्षेत्रका नयाँ लेखकलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था गरिएको साहित्यकार क्षेत्रीले बताए । 
कार्यक्रममा साहित्यकार तथा समालोचक उदय अधिकारीको नयाँ पुस्तक ‘लिटल भोल्कानो’ सार्वजनिक गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापक तथा कवि डा हरिहर पौडेलले सो पुस्तक सार्वजनिक गरेका हुन् । अङ्ग्रेजी तथा नेपालीमा लेख्ने अनुवादक तथा साहित्यकार महेश पौडेलसँग गरिएको लामो अन्तरवार्ता पुस्तकमा समावेश गरिएको छ । 
त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागमा प्राध्यापनसमेत गर्ने पौडेल नयाँ अनुहार र युवा पुस्तामा चर्चित व्यक्तित्व भएकोले आफूलाई मनपरेर उहाँलाई पुस्तकमा समावेश गरिएको लेखक अधिकारीले बताए । कविडाँडा साहित्य समाजका कार्यवाहक अध्यक्ष रहनुभएका अधिकारीको यो दोस्रो पुस्तक हो । अङ्ग्रेजीमा लेखिएको यो पुस्तकमा ८० पृष्ठ रहेको छ भने यो पुस्तकलाई बीएन प्रकाशनले प्रकाशित गरेको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार