विस्फोटक पदार्थको ओसारप्रसारमा रोक

शनिबार, कात्तिक ५, २०७९
मयुर प्लाई

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए÷गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो । प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार