काठमाडौं-६ का उम्मेदवार शिशिर खनालले बुझाए आयोगलाई स्पष्टीकरण

'असोज २३ गते अघिसम्म स्वतन्त्र, उम्मेदवारी दर्तापछि घन्टी चिह्नको उम्मेदवार' 
शनिबार, कात्तिक ५, २०७९

काठमाडौं । काठमाडौं क्षेत्रनं ६ का प्रतिनिधिसभाका उम्मेदवार शिशिर खनालले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । निर्वाचन आयोगले यही असोज ३०गते खनाललाई आफू स्वतन्त्र रहेकोर निर्वाचन चिन्ह घन्टी रहेको भनी प्रचार प्रसार गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै २४ घन्टे स्पष्टीकरण मागेको थियो ।
खनालले यही असोज २३ गते मनोनयनको दिनभन्दा अगाडि आफू स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेको र सोही अनुसार प्रचार प्रसार गरेको तर राष्ट्रिय स्वतन्त्र पार्टीसँगको छलफल पश्चात सोही पार्टीको आबद्धतामा रहेर मनोनयन दर्ता गरेको र त्यस पश्चात स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत नभएको भन्ने स्पष्टीकरण दिएका छन् ।

स्पष्टीकरणमा खनालले लेखेका छन्, “म एक जिम्मेवार नागरिक हुनुका साथै विधिकोशासनलाई समेत शिरोधार्य गर्ने विशुद्ध सामाजिक कार्यकर्ता भएकोले मेरो उम्मेदवारी मनोनयन पश्चातमर मेरोपार्टीले प्रचलित निर्वाचन सम्बन्धी कानुन एवम् आचार संहिताको प्रतिकूल हुने क्रियाकलाप नगरेको एवम् गर्नलगाएको समेत छैन ।”

shisir1666399838.jpg

उनले बदनियतपूर्वक निर्वाचन आयोगमा परेको उजुरी खारेजीको माग समेत गरेका छन् ।
सार्वजनिक शिक्षाको अभियन्ता र उद्यमीको पहिचान बनाएका शिशिर खनाल अमेरिकास्थित युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिका स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन् । महात्मा गान्धीको दर्शनमा आधारित सर्वोदय अभियानबाट उनले नेपाल, श्रीलंका र अमेरिकामा समुदायको उत्थानको निम्ति काम गरेका छन् ।

सन् २०१२मा टिच फर नेपाल स्थापना गरेर उनले सार्वजनिक शिक्षाको सुधारमा सयौँ युवालाई नेपालका दुरदराजका विद्यालयमा पढाउन पठाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा सल्लाहकारको रूपमा उनले उप–महानगर भित्र शिक्षा उन्नयनको उल्लेख्य प्रयास गरेका छन् । हाल उनी पिक एन्ड ड्रप नामको लजिस्टिक कम्पनी सन्चालन गर्दछन् ।

ebulletin-default-photo1665994531.png

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार