सबै जातजातिलाई समान व्यवहार गरिनुपर्छ :अध्यक्ष ओली

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् । 
लोकतान्त्रिक जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै जातजातिको सबलीकरणबाट नै मुलुकको विकास हुने उनले बताए । कसैले पनि निहित स्वार्थ बोकेर जातजातिको विखण्डनमा लाग्न नहुनेमा पनि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले जोड दिए । 
जनजातिलगायत अल्पसङ्ख्यक समुदायको समृद्धि र उन्नयनमा पार्टी लागेको बताउनुहँदै उनले यसका लागि समुदायगतरूपमा एकताबद्ध हुनु जरुरी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार