सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज कात्तिक ३ गते समापन हुँदैछ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने छन् । गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए । उनका अनुसार १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ । प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ । विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ । नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन् । केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ ।
दुई सय ४८ पदकसहित आर्मी शीर्ष स्थानमा
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म नौ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले एक सय १४ स्वर्ण, ७६ रजत र ५८ कांस्यपदकसहित कूल दुई सय ४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कांस्यपदकसहित एक सय ३५ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले ३७ स्वर्ण, ४३ रजत र ६६ कांस्यपदकसहित कूल एक सय ४६ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कांस्य पदकसहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कांस्यसहित कूल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले १० स्वर्ण, सात रजत छ कांस्यसहित २३ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत, २४ कांस्यसहित ३६ पदक, प्रदेश १ ले पाँच स्वर्ण २० रजत र ३४ कांस्यसहित ५९ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, सात रजत र २० कांस्य पदकसहित ३२ पदक जितेका छन् । लुम्बिनी प्रदेशले तीन स्वर्ण, १५ रजत र २६ कांस्यसहित ४४ र कर्णाली प्रदेशले एक स्वर्ण, दुई रजत, नौ कांस्य पदकसहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी रहेका छन् ।
ब्याडमिन्टनको स्वर्ण प्रिन्स र रशिलालाई
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ एकल विधाको स्वर्ण नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलातर्फको स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जितेकी छिन् ।
पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसकै विष्णु कटुवाललाई २१–११ र २१–४ अङ्कले पराजित गर्दै दाहाल राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दीपेश धामी राष्ट्रिय च्याम्पियन भएका थिए । सो स्पर्धामा लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कांस्य पदक प्राप्त गरे ।
यस्तै महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आर्मीकै अनुमाया राईलाई २२–२० र २१–९ अङ्कले हराउँदै राष्ट्रिय च्याम्पियन बनिन् । महर्जन आठौँ राष्ट्रिय खेलकुदकीसमेत विजेता हुन् । पूर्वराष्ट्रिय च्याम्पियन नङ्गशलदेवी तामाङ र आर्मीकी अमिता गिरीले कांस्य पदक प्राप्त गरे । मिक्स युगलतर्फ नेपाल पुसिलका जीवन आचार्य र निता लम्सालको जोडीले स्वर्ण जित्यो । उक्त जोडीले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–१२ र २१–११ अङ्कले हरायो । गण्डकी प्रदेशका विशाल खड्का र यामकुमारी गुरुङको जोडी तथा आर्मीका सुरोज महर्जन र अमिता गिरीको जोडीले कांस्य पदक प्राप्त गर्यो । महिला युगलतर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीले आर्मीकै प्रार्थना देउवा र अनुमाया राईको जोडीलाई २१–१५ र २२–२० अङ्कले हराउँदै स्वर्ण जित्यो । प्रदेश नं १ की रोजी राई र सृष्टि राईको जोडी तथा एपिएफ क्लबकी जेशिका गुरुङ र सुनयना मुखियाको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष युगलतर्फ आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाईंको जोडीलाई २१–१९ र २१–१७अङ्कले पराजित गर्दै स्वर्ण जिते । पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा गण्डकीका विधान अधिकारी र भुगोल गुरुङको जोडीले कांस्य जित्यो । आर्मीले ब्याडमिन्टनमा पाँच स्वर्ण तथा पुसिल क्लबले दुई स्वर्ण पदक जित्न सफल भयो ।
महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन
महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा आज सम्पन्न फाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब बास्केटबलमा च्याम्पियन बनेको हो । त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४५–३० अङ्कले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मी र बागमती प्रदेशबीच पहिलो क्वार्टरमा १०–८, दोस्रो क्वार्टरमा १४–७, तेस्रो क्वार्टरमा ८–१२ र चौथो क्वार्टरमा १३–३ अङ्क प्राप्त भएको थियो ।
त्रिभुवन आर्मीको जीतमा प्रतीक्षा मगरले सबैभन्दा बढी व्यक्तिगत ११ अङ्क जोड्नुभएको थियो । बागमतीका तर्फबाट अनुशा मल्ल ठकुरीले व्यक्तिगत आठ अङ्क जोड्न् । उपाधिसँगै त्रिभुवन आर्मी क्लबले महिला बास्केटबलमा एक स्वर्ण पदक जितेको छ । च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबलाई नवौँ खेलकुदको ट्रफी प्रदान गरिएको छ । साथै विजेता बनेको आर्मीका प्रतिखेलाडीलाई नगद रु १५ हजार प्रदान गरिएको छ । उपविजेता बनेको बागमती प्रदेशले रजत पदक जितेको छ । त्यस्तै गण्डकी प्रदेशले कांस्य पदक प्राप्त गरेको छ । तेस्रो स्थानका लागि आजै भएको खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ४६–२४ अङ्कले पराजित गरेको छ । गण्डकीले पहिलो क्वार्टरमा १६–९, दोस्रो क्वार्टरमा १०–४, तेस्रो क्वार्टरमा १२–७ र चौथो क्वार्टरमा ८–४ अङ्क जोडेको थियो । गण्डकीको जीतमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जोडेकी थिइन् भने सुदुरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जोड्न् ि।
थ्री बाई थ्री मा सशस्त्र च्याम्पियन
प्रतियोगिताको थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरी च्याम्पियन बनेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै थ्री बाई थ्री को उपाधि सशस्त्र प्रहरीले जितेको हो । सशस्त्रले आर्मीलाई ८–५ अङ्कले पराजित ग¥यो । सशस्त्रको जीतमा आकृति श्रेष्ठले व्यक्तिगत तीन र आर्मीका सुमित्रा खड्काले चार अङ्क जोडिन् । जीतसँगै सशस्त्रले स्वर्ण र उपविजेता त्रिभुवन आर्मी क्लबले रजत पदक जितेको छ ।
थ्री बाई थ्री को कांस्य पदक गण्डकी प्रदेशले जितेको छ । तेस्रो स्थानका लागि आजै भएको खेलमा बागमती प्रदेशलाई ९–७ ले पराजित गरेको छ । विजेताहरूलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, नेपाल बास्केटबल सङ्घका सचिव फणिन्द्रमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
जुडोमा आर्मीलाई चार स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडोमा त्रिभुवन आर्मीले चार र नेपाल पुलिस क्लबले तीन स्वर्ण थपेको छ । पोखरा नयाँ बजारको प्रदर्शनी केन्द्रमा भएको खेलमा आर्मीले महिला पुरुषमा दुई÷दुई स्वर्ण जितेको हो । पुलिसतर्फ पुरुषले दुई र महिलाले एक स्वर्ण जितेको हो । एकासी किलोग्राम तल तौल समूहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जित्नुभयो । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत र बागमती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कांस्य पदकमा चित्त बुझाउनुप¥यो ।
नब्बे किलोग्राम तल तौल समूहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जित्नुभयो । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जिते । मधेस प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले कांस्य पदक ल्याए । सय किलोग्राम तल तौल समूहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जित्नुभएको हो । उहाँसँग फाइनलमा पराजित हुनुभएका मधेस प्रदेशका हिमान्सु गुप्ताले रजत प्राप्त गर्नुभयो । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कांस्य पदक प्राप्त गर्न सफल भए । सय किलोग्राम माथि तौल समूहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जित्न सफल हुनुभयो । आर्मीका रन्जेश गोलेले रजत पदक जित्नु हुँदा बागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजङ्ग सिंहले कांस्यमा चित्त बुझाए । सत्तरी किलोग्राम तल तौल समूहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक जिते । पुनमसँग पराजित हुनुभएकी बागमती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाउनुप¥यो । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कांस्य पदक प्राप्त गरे । अठहत्तर किलोग्राम तल तौल समूहमा नेपाल पुलिसकी दीपा गुरुङले स्वर्ण जित्नुहुँदा आर्मीकी निर्मला घर्ती मगरले रजत प्राप्त गरे । लुम्बिनीका सुशीलाकुमारी चौधरी र सम्झना चौधरीले कांस्य जिते । अठहत्तर किलोग्राम माथि उमेर समूहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्नुभयो । नेपाल पुलिसकी पूजा राजवंशीले रजत पदक ल्याए । नेपाल पुलिसकी भावना घर्ती मगर र बागमतीकी अस्मिता गोलेले कास्य पदक प्राप्त गर्नुभयो । कूल आठ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । अब मिक्स टिम इभेन्टको एक खेल मात्र बाँकी भएकाले जुडोमा आर्मी च्याम्पियन बन्ने भएको हो । जुडोमा हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, छ कांस्य र तीन रजत पदक जितेको छ । पुलिसले छ स्वर्ण, तीन रजत र आठ कांस्य प्राप्त गरेको छ । बागमती प्रदेशले दुई रजत र छ कांस्य जित्यो । लुम्बिनीले एक रजत र तीन कांस्य जितेको छ । मधेसले एक रजत र दुई कांस्य जितेको छ । एपीएफले एक रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले दुई÷दुई कांस्य जित्दा कर्णाली र एनआरएनएले एक÷एक कांस्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौँ राष्ट्रिय खेलकुदमा जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन ।
रग्बीको स्वर्णपदक एपिएफ र महिलातर्फ आर्मीलाई
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथको भण्डारढिकमा सञ्चालित रग्बीमा पुरुषतर्फको स्वर्ण पदक सशस्त्र प्रहरीको विभागीय टिम एपिएफले हात पारेको छ । फाइनल खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरमा पछि पार्दै स्वर्णपदक जितेको हो । सेमिफाइनलमा आर्मीलाई ५–० अङ्कले पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको थियो भने गण्डकी प्रदेशलाई १७–७ को अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको थियो । पुरुषतर्फको कांस्यपदक भने गण्डकी प्रदेशले जितेको छ । गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पारेको हो । महिलातर्फको स्वर्णपदक त्रिभुवन आर्मीले जितेको छ । फाइनल खेलमा आर्मीले एपिएफलाई १०–० ले पछि पार्दै स्वर्ण पदक जितेको हो । आर्मीले मधेस प्रदेशलाई १७–५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने एपिएफले सुदूरपश्चिम प्रदेशलाई १०–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । कांस्यपदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिम मधेस प्रदेशलाई ५–० ले पराजित गर्दै कांस्यपदक जित्न सफल हुन पुग्यो ।