सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जिते । गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुन् भने सेनाका खनाल द्धितीय वरियतामा हुन् । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले नतिजा आफ्नो पक्षमा ल्यायो । यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ । सफ्ट टेनिसमा प्रदेश नं १ लाई स्वर्ण
सफ्टटेनिसतर्फ ‘मिक्स डबल्स’को आज सम्पन्न भएको फाइनल खेलमा प्रदेश नं १ ले स्वर्ण पदक जितेको छ । पोखरा रङगशालास्थित टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जियाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जिते । प्रतियोगितामा बागमतीले रजत पदकमा चित्त बुझाउनु प¥यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपिएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे । सफ्ट टेनिस डबल्सतर्फको मङ्गलबार भएको खेलमा विभागीय टोली नेपाल प्रहरी र एपिएफले एक–एक स्वर्ण जितेका थिए । पुरुषतर्फ पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडी र महिलातर्फ एपिएफका भगवती विक र समृद्धि महर्जनको जोडीले स्वर्ण जिते ।
टेबलटेनिस ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन
नवौंँ राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा प्रहरी ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रूपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रह्यो । त्यस्तै बागमती प्रदेशले १ रजत र २ कास्यसहित तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् । आजै सम्पन्न महिला सिङ्गल्सको स्वर्ण पदक नविता श्रेष्ठले हात पार्नुभएको छ । पदक विजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरिन् । प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका हुन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार रु २५ रुपैयाँ पाउन सफल बन्नुभयो भने एलिनाले रजत पदक जितिन् । प्रतियोगितामा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक पाउन सफल बनिन् । यसैगरी पुरुष सिङ्गल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका हुन् । श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल बने भने रुविनले रजतमा चित्त बुझाउनुप¥यो । यसैगरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक प्राप्त गरे । प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेश पदकविहीन बन्यो ।
ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । आर्मी क्लबकी लक्ष्मी थारुले नेपालमा नै भएको १३औँं दक्षिण एसियाली खेलकद प्रतियोगितामा बनाएको ४५.२७ मिटरको कीर्तिमान भङग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । सो स्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् । कास्य जितेकी एपीएफकी सीमा चौधरीले ४५.२० मिटर थ्रो गरिन् । यसै विधाको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका थिए ।
आर्चरीमा चार स्वर्णसहित गण्डकी अग्रस्थानमा
आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये सात स्वर्णको छिनोफानो मङ्गलबार भएको हो । गण्डकीले थप दुई रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई कास्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कास्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूरपश्चिमले एक रजत जित्न सक्यो ।
नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टान्डर्ड मेन टिममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टिम र स्टान्डर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपिएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो । रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो सेटले जित्यो । अशिम शेरचन, गङ्गा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले पुसिलको टिमलाई ३–० स्कोरले जितेका हुन् । तेस्रो स्थानमा रहेको एपीएफले सुदूरपश्चिमलाई पराजित ग¥यो । रिकर्भ मिक्स टिमतर्फ गण्डकीले एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । एपिएफको विराट थापा र गीता खत्रीको जोडीलाई गण्डकीका गङ्गा कुँवर र रोजिना थापा मगरको जोडीले ४–२ स्कोरले पराजित गर्नुभएको हो । आर्मीले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । कम्पाउण्ड मेन टिम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो । योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टिमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदूरपश्चिमलाई पराजित गर्दै कास्य पदक हात पारेको हो । स्टान्डर्ड वुमन टिम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा विक, सरु तमाङ, खड्गकुमारी थापा मगर र तुलसी थापा मैदानमा उत्रिएका थिइन् । यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै कास्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुष्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेकी थिइन् ।स्टान्डर्ड मिक्स टिमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा विक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुष्का शेरचन खेलेकी थिइन् । एपीएफले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । कम्पाउण्ड मिक्स टिममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । सुदूरपश्चिमले वाकओभर दिँदा आर्मीले कास्य जित्यो । स्टान्डर्ड मेन टिमतर्फ गण्डकीले सूदरपश्चिमलाई सोझो तीन सेटमा हरायो । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । आर्चरीमा अन्तिम दिन आज ६ वटा स्वर्णका लागि खेल हुनेछ ।