क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

बुधबार, कात्तिक २, २०७९
Global Ime Bank

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बितकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न  चार दिनको म्याद थप गरेको छ ।  प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख  गर्दै  पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई  बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार