छ सय १९ पदकको छिनोफानो, एक सय ६० पदकसहित आर्मीको अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता
बुधबार, कात्तिक २, २०७९
Global Ime Bank

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ ।  
गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ । प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक हात पारेको छ ।
त्यस्तै अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदकसहित कूल एक सय दुई पदक हात पारेको छ । प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक हात पारेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, तीन रजत र १६ कांस्यसहित २६ पदक, एनआरएनएले छ स्वर्ण, छ रजत र चार कांस्यसहित १६ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, पाँच रजत र १४ कांस्य पदकसहित २४ पदक तथा प्रदेश १ ले तीन स्वर्ण १४ रजत र ३० कांस्यसहित ४७ पदक जितेका छन् ।
लुम्बिनी प्रदेशले दुई स्वर्ण, १२ रजत र १७ कांस्यसहित ३१ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र तीन कांस्यपदक सहित पाँच पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी छन् । 

आइटिएफ तेक्वान्दोमा ७४ पदकको टुङ्गो

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङ्गो लागेको छ । मंगलबार साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।
प्रतियोगितामा ११ स्वर्ण, सात रजत र दुई कास्यसहित विभागीय टिम नेपाल आर्मी सबैभन्दा अगाडि छ । प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले पाँच स्वर्ण, पाँच रजत र एक कास्यपदक जितेको छ । पाँच स्वर्ण, दुई रजत र दुई कास्यपदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ । 
लुम्बिनी प्रदेशले एक स्वर्ण, चार रजत र आठ कास्यपदक हासिल गरेको छ । प्रदेश नं १ ले दुई स्वर्ण, तीन रजत र तीन कास्यपदक जितेको छ । विभागीय टिम सशत्र प्रहरी बलले पदक तालिकामा एक स्वर्ण, दुई रजत र तीन कास्यपदक बनाएको छ ।

309293217_793188075129228_2555526623897632317_n1666019516.jpg
कर्णाली प्रदेशले दुई रजत र दुई कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले तीन कास्य पदक हात पारेको छ । मधेस र सुदूरपश्चिम प्रदेशले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन । प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार मङ्गलबार भएका खेलमा नेपाल आर्मीले चार, गण्डकीले दुई, १ नं प्रदेशले दुई, सशत्र प्रहरी बल र लुम्बिनी प्रदेशले एक÷एक स्वर्ण जितेका थिए । 
प्रतियोगिताका पुरुष एकल स्पाइरिङ र पुरुष÷महिला टिम स्पाइरिङका खेल बुधबार बिहानदेखि खेलाइने आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिइन् । 

कराँतेका चार विधा सम्पन्न 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा भएको कराँते प्रतियोगितका चार विधाका खेलहरू सम्पन्न भएका छन् । महिला ४५ केजी तौल समूहमा नेपाल प्रहरीका सविना श्रेष्ठले स्वर्ण पदक र प्रदेश नम्बर १ का गायत्री बलमपाकीले रजत पदक हात पार्न सफल भइन् । महिला ५५ केजीमा नेपाल पुलिसका जिया कार्कीले स्वर्ण पदक प्राप्त गर्दा लुम्बिनी प्रदेशका वर्षा बुढामगरले रजत पदक प्राप्त गरिन् । 

KK-Beni-KheladiPrizeb1665960257.jpg
पुरुषतर्फको ५० केजीमा सुदूरपश्चिम प्रदेशका आनन्द कार्कीले स्वर्ण पदक प्राप्त गर्दा बागमती प्रदेशका अनिल उपरकोटीले रजत पदक प्राप्त गरे । यस्तै पुरुष ५५ केजीमा एपीएफका विजय श्रेष्ठले स्वर्ण पदक हात पार्दा नेपाल आर्मीका राकेश लामाले रजत पदक हात पार्न सफल भए । उन्नाइस विधामध्ये १७ वटा विधाका कराँते खेलहरू सकिएका छन् । बुधबार महिला र पुरुष फाइटसहित सबै प्रतियोगिताहरू सम्पन्न हुनेछन् ।

सेपाकताक्रोको क्वार्ड पुरुषतर्फ बागमतीलाई स्वर्ण

पूर्वी नवलपरासीको कावासोतीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेपाकताक्रोमा बागमतीले स्वर्ण पदक हात पारेको छ । सेपाकताक्रोको क्वार्ड विधाअन्तर्गतको पुरुषतर्फ बागमतीले गण्डकीलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण जितेको हो । 
बागमतीका लागि सुजन थिङ, राजन नेपाली, जिम्मी कपाली, रविन भट्टराई, सङ्गिन थापा मगर र क्षितिजकुमार धामीको समूहले स्वर्ण दिलाएको हो । गण्डकीका लागि युवारास गुरुङ, अर्जुन राना, विजय महतो, विपिन थनेत, पद्मबहादुर ठाडा मगर र निरन गुरुङको समूहले रजत पदक दिलाएका हुन् । गण्डकीले रजततर्फ चित्त बुझाउँदा कांस्य पदक भने प्रदेश १ ले जितेको छ ।

Atheletics.mp1665840142.jpg
महिला र पुरुषको फरक फरक तीन वटा विधामा छ वटा स्वर्ण पदकका लागि जारी प्रतियोगितामा डबलतर्फ महिला र पुरुषको दुवै तथा रेगु महिलातर्फको एक गरी विभागीय टोली नेपाली सेनाले तीनवटा स्वर्ण पदक जितेको छ । सेपाकताक्रो रेगु पुरुष र क्वार्ड महिलातर्फको फाइनल बुधबार हुनेछ ।
महिला र पुरुषको फरक फरक तीनवटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन् । गएको असोज २८ गतेदेखि पूर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा जारी प्रतियोगिताको समापन बुधबार हुनेछ ।

त्रिभुवन आर्मी र बागमती महिला बास्केटबलको फाइनलमा 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी र बागमती प्रदेश महिला बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा आज सम्पन्न सेमिफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले फाइनलको यात्रा तय गरेको हो । 
त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७–३५ ले पराजित गर्दै फाइनलको यात्रा पक्का ग¥यो । त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई पहिलो क्वाटरमा २०–६, दोस्रो क्वाटरमा १९–१५, तेस्रो क्वाटरमा ११–१५ र चौथो क्वाटरमा १७–९ अङ्कसहित पराजित गरेको हो ।


त्रिभुवन आर्मीको जितमा प्रतिक्षा मगरले व्यक्तिगत १६ अङ्क जोड्नुभएको थियो भने गण्डकी प्रदेशका लेशेम पुनले १७ अङ्क जोडे । दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । बागमतीले सुदूरपश्चिमलाई ८३–२५ को फराकिलो अन्तरले पराजित गरेको छ । 
बागमतीले पहिलो क्वाटरमा २०–४, दोस्रो क्वाटरमा २५–८, तेस्रो क्वाटरमा १८–३ र चौथो क्वाटरमा २०–१० अङ्क प्राप्त गरेको छ । बागमतीको जितमा श्रेया खड्काले व्यक्तिगत सबैभन्दा बढी २१ अङ्क जोड्नुभएको थियो भने सुदूरपश्चिमका सन्जु हायुले १३ अङ्क जोड्नुभएको थियो ।
त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको फाइनल खेल बुधबार दिउँसो ३ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको छ । थ्री बाई थ्रीको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवले गण्डकीलाई र सशस्त्र प्रहरीले बागमती प्रदेशलाई पराजित गरेको छ । 
त्रिभुवन आर्मी क्लबले गण्डकीलाई ८–६ ले पराजित गरेको छ । उक्त खेलमा त्रिभुवन आर्मी क्लवका जेनिशा श्रेष्ठले व्यक्तिगत तीन र गण्डकीका स्मृति गुरुङले चार अङ्क जोड्नुभएको थियो । 
सशस्त्र प्रहरीले बागमतीलाई २१–७ ले पराजित गरेको छ । उक्त खेलमा सशस्त्रका आकृति श्रेष्ठले व्यक्तिगत आठ र बागमतीका प्रजिता कार्कीले पाँच अङ्क जोड्नुभएको थियो ।  थ्री बाई थ्रीको फाइनल खेल पनि बुधबार सञ्चालन हुने आयोजकले जनाएको छ । 
फुलकोर्टतर्फ समूह (ए) को विजेता बन्दै त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश गरेको थियो भने समूह (बी) को उपविजेता बन्दै गण्डकी प्रदेश सेमिफाइनल पुगेको थियो । समूह (बी) को विजेता बन्दै बागमती प्रदेश सेमिफाइनल प्रवेश गर्दा समूह (ए) को उपविजेता सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको थियो ।  
थ्री बाई थ्रीतर्फ समूह (ए) को विजेता बनेर त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश गर्दा गण्डकी प्रदेश समूह (बी) को उपविजेता बनेको थियो । समूह (बी) को विजेता बन्दै सशस्त्र प्रहरी सेमिफाइनल प्रवेश गर्दा समूह (ए) को विजेता बागमती प्रदेश बनेको थियो ।

गण्डकी र सुदूरपश्चिम तेस्रोका लागि भिड्दै

प्रतियोगिताको तेस्रो स्थानका लागि फुलेकार्टतर्फ गण्डकी र सुदूरपश्चिम प्रदेशबीच खेल हुने भएको छ । थ्री बाई थ्रीतर्फ तेस्रो स्थानका लागि गण्डकी र बागमती प्रदेशबीच खेल हुनेछ । दुवै खेल बुधबार बिहान सञ्चालन हुनेछ । महिला बास्केटबलतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक रहेको छ । 

 

सशस्त्र र पुलिस महिला भलिबलको फाइनलमा  

सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् । 
म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेलमैदानमा आज भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका दुवै टिम विभागीय हुन् । सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३ का विरुद्ध २५ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमश ः २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित ग¥यो । 
सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतिको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अङ्कमा पराजित ग¥यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् । 
तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । यसैगरी सशस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ् । 
असोज २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए । 

रग्बीमा आर्मी, एपीएफ र लुम्बिनी फाइनलमा 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथस्थित भण्डारढिक खेल मैदानमा आज रग्बीका सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन् । 
पुरुषतर्फको सेमिफाइनलमा विभागीय टिम नेपाल आर्मीलाई ५–० अङ्कले पराजीत गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको छ भने गण्डकी प्रदेशलाई १७–७ को फराकिलो अन्तरले पराजीत गर्दै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले फाइनलको यात्रा तय गरेको छ ।
यस्तै महिलातर्फको खेलमा आर्मीले मधेस प्रदेशलाई १७–५ अङ्कले पराजीत गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपीएफले सुदुरपश्चिम प्रदेशलाई १०–० अङ्कको अन्तरले पराजीत गर्दै फाइनलमा पुग्न सफल भएको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि पुरुषतर्फ आर्मी र गण्डकी प्रदेश भिड्ने छन् भने महिलातर्फ मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।
आर्मी र लुम्बिनी प्रदेशबीचको खेल चलिरहँदा आर्मीका खेलाडीले हाई ट्याकल गरेपछि एल्लो कार्ड पाएका थिए । एल्लो कार्डको विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्धसमेत भएको थियो । अफिसियलहरूसँगको छलफलपछि खेल पुनः सञ्चालन भएको थियो । फाइनल चरणका खेलहरू बुधबार हुनेछन् ।

पोखरा महानगरद्वारा विजेता खेलाडी नगदसहित सम्मानित

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितमा पदक जितेको पोखरा महानगरका खेलाडीलाई महानगरले आज नगदसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जितेका महानगरवासी खेलाडी तथा प्रशिक्षक गरी ४१ जनालाई नगद पुरस्कारबाट सम्मान गरिएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगिताका विभिन्न विधामा गण्डकी प्रदेशबाट सहभागी भएका पोखरा महानगरवासी खेलाडीले पाँच स्वर्णपदक जितेका छन् । 
यसैगरी दुई वटा कास्य तथा पाँच रजत पदक पोखराका खेलाडीको नाममा छ । स्वर्णपदक विजेतालाई प्रतिपदक नगद रु १५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार, कास्यपदक विजेतालाई प्रतिपदक रु १० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार र रजतपदक विजेता खेलाडीलाई प्रतिपदक नगद रु पाँच हजारका दरले सम्मान गरिएको हो । 
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसी लगायतले खेलाडीलाई सम्मान गरे । हालसम्म पुरुष ह्यान्डबल बल (समूह), ‘फुल कन्ट्रयाक्ट करातेका अभिषेक तामाङ र अनिश बुढामगर, बडीविल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्णपदक प्राप्त गरे । 
यसैगरी फुल कन्ट्याक्ट करातेकैरूपक नेपाली र शिव भुजेलले कास्यपदक प्राप्त गर्नुभएको छ । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीलाई प्रतियोगिता समापनलगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । खेलकै दौरानमा खेलाडीलाई गरिएको सम्मानले थप हौसला मिल्ने उनले विश्वास व्यक्त गर्नुभयो । खेलाडीमा सकारात्मक ऊर्जाको प्रवाहका महानगरले सदैव खेलाडी तथा खेलकर्मीका साथमा रहेर काम गर्ने आचार्यले प्रतिबद्धता जनाए । 

KN-Damauli-Basketballb1665960129.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार