लुम्बिनीमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ : मुख्यमन्त्री केसी

मंगलबार, कात्तिक १, २०७९

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने बताउनुभएको छ । प्रदेशमा प्रहरी ऐन पारित भइसकेकाले छिट्टै प्रहरी संरचना तयार गरिने बताएका छन् । उनले सङ्घात्मक व्यवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरी सङ्गठन निर्माण गरी सङ्घ र प्रदेशलाई शान्ति, अमनचयन कायम गर्नका लागि ऐन पास भइसकेकाले अब सरकारले संरचनागत विकास गर्ने बताए ।  ६७ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री केसीले प्रहरीलाई नागरिकको शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानमा कर्तव्यनिष्ट भएर काम गर्न आग्रह गरे । 
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रहरीलाई जनताको सहाराका रूपमा उभिन आग्रह गरे । उनले प्रदेशमा प्रहरी ऐन आइसकेकाले त्यसलाई अब कार्यान्वयनमा लैजानाका लागि सरकार प्रतिबद्ध रहेको भनाइ राखे । त्यस अवसरमा लुम्बिनीका प्रदेश प्रहरी प्रमुख नलप्रसाद अधिकारीले मातहतका प्रहरी अधिकारीलाई सङ्गठगनले दिएको जिम्मेवारीमा निस्वार्थभावले काम गर्न निर्देशन दिए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार