घुस रकमसहित पक्राउ

मंगलबार, कात्तिक १, २०७९
मयुर प्लाई

बगमती । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले विशेष उजुरी एवं सूचनाका आधारमा  जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । अपरेटर यादवलाई सेवाग्रहीसँग रु पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट रङ्गेहात पक्राउ गरिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटाँैडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको उनले जानकरी दिए ।  निजलाई  नियन्त्रणमा  लिएर थप कारबाही अगाडि बढाइएको छ ।

अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ

नेकपा (एकीकृत समाजवादी)का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भई हाल चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर लामा र सङ्खुवासभा पाँचखपन–८ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय सुवास भन्ने रविनकिशोर राई छन् ।

उनीहरूको समूहले गत भदौ २५ गते राति ३ बजे बस्नेतको घर कम्पाउण्डको ढोका, घरको मूलढोका र बस्नेत सुत्ने कोठाको ढोकासमेत फोडेर घरका सदस्यलाई पेस्तोल ताकेर डाँका गरेका थिए । सो क्रममा अपहरणको धम्कीसमेत दिइएको थियो । घटनाको बेला बस्नेत काम विशेषले पोखरा गएका थिए ।
प्रहरीले उनीहरूको साथबाट स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, सो पेस्तोलको म्याग्जिन एक थान, गोली दुई राउण्ड, खुकुरी एक थान, फलामको रड एक थानलगायत विभिन्न घरेलु औजार बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।–रासस
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार