शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक विदा 

सोमबार, असोज ३१, २०७९

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

home1666005442.jpg

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार