घरदैलोमा पूर्वप्रधानमन्त्री घरदैलोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

आइतबार, असोज ३०, २०७९

गरुडा, रौतहट । आसन्न निर्वाचनमा मत माग्न गठबन्धनमा नेताहरूले प्रचारप्रसारलाई तीव्ररूपमा अगाडि बढाएका छन् । रौतटहमा चारवटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक हुने देखिएको छ । यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन् ।  यहाँ मुख्यगरी नेकपा  एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल नेकपा ९एमाले०का उम्मेदवार अजयकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिए छ । निर्वाचन क्षेत्र नं १ मा छ पालिका छन् । नेपालले भेडियाही, सरुअठा, मोतिपुर, हजमिनिया गाउँमा घरदैलो कार्यक्रम गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार