प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन

आइतबार, असोज ३०, २०७९
मयुर प्लाई

गण्डकी  । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा  परेको प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए  । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाकोतर्पmबाट सहभागी २६ वर्षीय निशिम पोखरा सराङकोटबाट उडान भरेका  थिए  । 
    प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । “उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो”, एक प्रत्यक्षदर्शीले भने, “उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको दुःख निधन भयो ।”लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा– १० का बासिन्दा हुन । उहाँको घर भने गोरखा पालुङटार हो । प्याराग्लाइडिङ खेलाडीको छाता संस्था एफएआइका कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत रहेका   थिए  । मृतक थपामगरको शव पोखरा–८ सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा रहेको छ । दुर्घटनाबाट प्रतियोगि खेलाडीको निधन भएपछि आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार