सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरू अहिले मतदातासँगको भेटका लागि घर दैलो अभियानमा व्यस्त छन् । व्यक्तिगत भेटघाट, सामाजिक सञ्जालमार्फत आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्न उनीहरूलाई भ्याइनभ्याइ छ । मंसिर ४ गते हुने निर्वाचनकै सन्भर्दमा शब्दपाटी डिजिटल मिडियाले चुनावी मैदानमा उत्रेका उम्मेदवारहरूको व्यक्तित्व, सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदानलाई उजिल्याउने प्रयासको थालनी गरेको छ । उम्मेदवार परिचयको पहिलो रोजाईमा परेका छन् काठमाडौं क्षेत्र नं ६ मा स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका शिशिर खनाल ।
को हुन शिशिर खनाल ? काठमाडौंको गोङ्गबु निवासी शिशिर खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञ हुन् । उनले सामुदायिक विकास निम्ति विश्वका विभिन्न देशहरूमा काम गरेर लामो अनुभव बटुलेका छन् । सिद्धार्थ वनस्थलीबाट एसएलसी, त्रि–चन्द्र कलेजबाट आइएस्सी, अमेरिकाको Bridgeport University बाट राजनैतिक अर्थशास्त्रमा स्नातक तथा र University of Wisconsin Madison बाट सार्वजनिक नीतिमा Master's गरेका छन् । उनले महात्मा गान्धीको विचारमा आधारित सर्वोदय अभियानमार्फत श्रीलङ्का, भारत, अमेरिकालगायतका ठाउँहरुमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापनका उल्लेखनीय काम गरेका छन् ।
नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’ को स्थापना र नेतृत्व गरी सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजार भन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच निर्माणमा पनि उनको योगदान उल्लेखनीय नै रहेको छ । तुलसीपुर उप–महानगरपालिका दाङको शिक्षा सल्लाहकार रही नीति निर्माण र शैक्षिक रुपान्तरणको खाका कोर्ने काममा पनि उनको योगदान रह्यो । भूकम्प, मधेस आन्दोलन र कोभिडको समयमा राहत वितरणका साथै शिक्षाको अवसरबाट वञ्चित बाल–बालिकाको अध्ययनको निरन्तरताको लागि राष्ट्रिय स्तरमा वकालत गरे । युवा परिचालनका लजिस्टिक र डेलिभरी सेवा प्रदायक पिक एन्ड ड्रप –एष्अप ल् म्चयउ) को सह–संस्थापकको रुपमा ५० भन्दा बढीलाई रोजगारी निर्माण गरेका छन् ।
शिशिरको उम्मेदवारी किन ?
देशमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनको बाबजुद पनि सामान्य मानिसको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन । मानिसका सामान्य सरकारी कामहरू जस्तै जन्मदर्ता, मृत्युदर्ता, पासपोर्ट बनाउन होस् वा सवारी चालक अनुमति पत्र लिन नै किन नहोस् अझै पनि रातभरि लाइन बस्नुपर्ने बाध्यता छ । अहिले पनि जन–जीविकाको सवालमा नागरिकहरुले खानेपानी अभाव झेलिरहेका छन्, बर्खामा बाटो हिलाम्मे र हिउँदमा धुलाम्बे हुने अवस्थाको अन्त्य हुन सकेको छैन । सरकारी विद्यालयको शिक्षा कमजोर र निजी सर्वसाधारणको तिर्ने नसक्ने गरी महँगा छन् । यी विषय विस्तारै समाधान गर्न शिविरले उम्मेदवारी दिएको बताए ।
हरेक दिन १००० नेपाली युवा रोजगारीको निम्ति विदेशीन बाध्य छन् । राम्रो उपचार पाउन दसौं हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सुरुवात गर्ने उनको चाहना छ । आफ्ना सन्तानलाई राम्रो शिक्षा–दीक्षा, बिरामी हुँदा सजिलै उपचारको पहुँच, सम्मानजनक रोजगारी र आम्दानी, सरकारी सेवामा छरितोपन आदि बनाउनकै लागि पनि आफ्नो उम्मेदवारी भएको उनी बताउँछन् । गाउँका सिंहदरवार (स्थानीय सरकार) देखि प्रदेश र संघीय सरकारका हाँक्ने जनप्रतिनिधिमा नयाँ सोच, काम गर्ने सिप र क्षमताको अभाव विद्यामान भएको अवस्थामा विदेशमा पढेको–देखेको सिपलाई व्यवहारमा उर्तान पनि आफ्नो उम्मेदवारी भएको बताउँछन् उनी । ‘अब नीति निर्माण गर्न जान्ने, काम गर्न सक्ने सक्षम व्यक्ति हाम्रो सांसद र सरकारमा चाहिएको छ’ त्यसैले त्यो आवश्यकता पूरा गर्न मेरो योगदान पुगोस् भनेर नै काठमाडौं–६ बाट उम्मेदवारी दिएको हुँ उनले भने । काठमाडौ क्षेत्र नं. ६ का नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउन आवश्यक बाटो, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य, शिक्षाका साथै राष्ट्रिय नीति निर्माणको काम गर्न पनि आफू क्रियाशील हुने शिशिरको प्रतिवद्धता छ । काठमाडौं र नेपाललाई नयाँ युगमा प्रवेश गर्न आवश्यक स्रोत साधनको पहिचान र प्रयोग गर्नमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
यस्ता छन् शिशिरका प्रमुख एजेण्डा सबैको लागि गुणस्तरीय शिक्षा, उद्यमशील नेपाल र रोजगारी सिर्जना, हाम्रो समुदाय ः हाम्रो दायित्व, हाम्रो संस्कृति हाम्रो शान, सुलभ स्वास्थ्यमा सबैको पहुँच भ्रष्टाचार रहित, छरितो सरकारी सेवा, दिगो शहरी विकास, बस्न योग्य सहर र बस्ती बनाउने उनका प्रमुख चुनावी एजेण्डाहरू हुन् ।