उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट

बिहीबार, असोज २७, २०७९

काठमाडौँ ।  सर्वोच्च अदातलमा रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गरेका  छन्  ।  निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै  गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गरेका  हुन् । रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका  छन्  । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सो रिट निवेदन दर्ता भएको छ । शुक्रबारका लागि पेशी तोकिएको छ ।   


 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार