राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पोखरामा

बिहीबार, असोज २७, २०७९
Global Ime Bank

कास्की ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा आएका  छन््  । यही असोज २८ गते शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनी सहभागी हुनेछन्  ।बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए  । 

उपराष्ट्रपतिको पोखरा आगमनसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उनी  उपस्थित हुन सकीन्न्  ।गण्डकी प्रदेशका आठै जिल्लामा भोलिदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । शुभारम्भका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।  रासस 

 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार