प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा नुवाकोट प्रथम 

बिहीबार, असोज २७, २०७९
Global Ime Bank

त्रिशूली ।  सामरी कल्लाबारी डोजोको आयोजनामा नुवाकोटमा सम्पन्न ‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा आयोजक नुवाकोट टिम प्रथम भएको छ ।    मङ्गलदेखि सुरु भएर आज सम्पन्न भएको प्रतियोगितामा नुवाकोटले १३ स्वर्ण, १० रजत र १७ कास्य गरेर कुल ४० पदकसहित बागमती प्रदेश च्याम्पियन भएको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रतियोगिताका वरिष्ठ जुरी राम लामाले जानकारी दिए  ।  उनका अनुसार सिन्धुपाल्चोकले चार स्वर्ण र चार कास्यसहित आठ पदकका साथ दोस्रो र काठमाडौँले तीन स्वर्ण, एक रजत र आठ कास्यसहित १२ पदकका साथ तेस्रो स्थान हासिल ग¥यो । प्रतियोगितामा ललितपुरले १० पदक, धादिङले नौ पदक, भक्तपुर र रसुवाले चार–चार पदक जितेको सितोरियो कराते नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिए  ।  पदक विजेता खेलाडीलाई म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता वाइबासहित खेल क्षेत्रका विभिन्न पदमा रहेका अतिथिले नगद रुपैयाँ, शिल्ड, मेडल, पदकसहित समानपत्र प्रदान गरेका  थिए  ।  


 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार