लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : भट्टराई

बिहीबार, असोज २७, २०७९

काठमाडौँ ।   काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए  ।    मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उनले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताए  । अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याए  ।
    
    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले देश, संविधान र लोकतन्त्र जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनको भूमिका महत्वपूर्ण रहेकाले आसन्न निर्वाचनमा  लोकतन्त्र र संविधान पक्षधरलाई जनताले विजयी गराउने बताए  ।    काठमाडौँ निर्वाचन क्षेत्र नं ८ खका उम्मेदवार अमिन पाण्डेले संविधानको रक्षा गरी प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताए  । प्रचार कार्यालयमार्फत अब चुनावकेन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताए  ।
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार