तरकारी बोकेको मिनी ट्रक दुर्घटनाहुँदा दुईजना घाइते

बुधबार, असोज २६, २०७९

भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनी ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । 

नवलपुरमा दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । 
गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौं का लागि छुटेको  एनएलओएल–२४६० नंको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसरा उक्त दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो । 
अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो । यस्तै चालक सोही ठाउँ निवासी ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनको दुम्किबासमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार