सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार

बुधबार, असोज २६, २०७९

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहनुभएका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
“मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ”, विज्ञप्तिमा भनिएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण नियन्त्रणका लागि एन्टिवायोटिक्स् कोर्स जारी राखिएको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उहाँको अस्पतालमा राखेर उपचार गरिएको छ । उनको अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार