उम्मेदवारी दर्तापछि तनहुँमा चुनावी सरगर्मी

मंगलबार, असोज २५, २०७९

दमौली ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ । 

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा  छन्  । विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित उहाँ यसपटक निर्वाचन जित्ने बताए  । गत निर्वाचनमा जनतामा असझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउने विश्वास व्यक्त गरे  । उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट शङ्कर भण्डारी र नेकपा एमाले बाट किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन्  । गण्डकी प्रदेशका समेत पूर्व अर्थमन्त्री रहनुभएका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताए   । उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावको माहोल बनेको अधिवक्ता भानुभक्त सुवेदीको भनाइ छ । “उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवारी दर्ता नै भइसकेपछि झन् माहोल चुनावमय बन्यो,” उनले भने  ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ सिट गुमाएको थियो । यो पटक छ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारी गरिने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल जानकारी दिए   । 

    निर्वाचनको तयारीस्वरुप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । नेकपा एमाले ले दुवै क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउने उपाध्यक्ष हरिराज कँडेलले  बताए   । तनहुँ क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङ जानकारी दिए   ।   गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दशमध्ये पाँच, नेकपा ९एमाले० ले चार र नेकपा माओवादी० केन्द्रले एक स्थानीय तहमा विजय हासिल गरेको थियो ।   


 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार